बिकुल खबर

एमालेको ११ औं रास्ट्रीयमहाधिबेशनका लागि कंचनपुर क्षेत्र न १ बाट निर्वाचित भए प्रतिनिधि

बेलौरी । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया अन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम निर्वाचन समितिले सार्वजनिक गरेको छ।

कुल १,०६० मत खसेको यस निर्वाचनमा खुल्ला, महिला र युवा तर्फका प्रतिनिधि चयन गरिएको थियो। प्राप्त मतपरिणाम अनुसार निम्न उम्मेदवारहरू विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका अनुसार- खुल्ला तर्फ : वीर बहादुर थापा – ६३९ मत, र पल्लव राज भट्ट – ४९८ मत, प्राप्त गर्दै प्रतिनिधि पदमा निर्वाचित हुनुभएको छ। निकटतम प्रतिस्पर्धी: लाल बहादुर चौधरी -४५२ मत, फैरु तामाङ -३९७ मत प्राप्त गरेका छन् ।

महिला तर्फ : कमला चौधरी -५१७ मत र कल्पना गिरी -५१४ मत प्राप्त गर्दै प्रतिस्पर्धा बीच विजयी स्थान सुनिश्चित गर्न सफल हुनुभएको हो। निकटतम प्रतिस्पर्धी: पुर्णा कुमारी गुरुङ – ५०७ मत, शान्ती तामाङ- ४३० मत प्राप्त गरेका छन् । युवा तर्फ : काशिराम बोहरा- ५२१ मत प्राप्त गर्दै प्रतिनिधि पदमा निर्वाचित हुनुभएको छ। बोहराले निकटतम प्रतिस्पर्धी सुरेन्द्र शाही (४३५ मत) भन्दा उल्लेखनीय अग्रता बनाउँदै प्रतिनिधि पद हात पार्न सफल हुनुभएको हो। युवा तर्फका अर्का उम्मेदवार कमल रोकायाले निर्वाचन हुनुभन्दा पहिला उम्मेवारी फिर्ता लिएको घोषण गरेका थिए ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.