कञ्चनपुर, : कञ्चनपुर निर्वाचन क्षेत्र न ३ बाट राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)का युवा नेता ज्ञानेन्द्र सिह महता तेब्बर बढी मतले प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका छन । शनिरबार सम्पन्न भएको मत गणना अनुरुप रास्वपाका उम्मेदवार महता १६उम्मेदवारलाई उछिन्दै प्रतिनिधी सभा सदस्यमा भारी मतका साथ निर्वाचित भएका हुन ।

मुख्य निर्वाचन अधिकृत राजेन्द्र सिह भण्डारीले क्षे त्र ३को मत परिमाण घोषणा गरिएको बताए । उनका अनुसार सबैभन्दा बढी रास्वपाका उम्मेदवार ज्ञानेन्द्र सिह महताले २७हजार ११८मत प्राप्त गरेर निर्वाचित भएका छन । महताले आफ्ना निकटतम प्रतिस्पर्धी काँग्रेसका हरि प्रशाद बोहरालाई तेब्बर बढी मतको अन्तरले हराउँदै पहिलो प्रयासमै सासदको यात्रा तय गरेका हुन ।
काँग्रेसका बोहरा पनि पहिलो पटक सासदको यात्रामा होमिएका थिए । बोहराले ९ हजार ४४३मत ल्याएका छन । एमालेका डा. दीपक प्रकास भट्टले ७हजार ५७५, नेकपामा मान बहादुर सुनारले ४ हजार, २८४, राप्रपाका पूर्ण बहादुर चन्दले ३हजार ९०२, नेमकीपामा मिनु गिरीले ४२, जनमोर्चाका लाल ब. कुँवरले ८७, नेकपा संयुक्तका कर्ण बहादुर चन्दले ८६, श्रमसंस्कृति पाटीका गंगादत्त जोशीले २२४, मितेरी पाटीका किरन थापाले ६, नेकपा विप्लव माओवादीका विष्णू प्रकास उपाध्याले ११६, उज्यालो पाटीका भीम बहादुर कुमालले २६८, राष्ट्रिय मुक्ति पाटीका लोकराज भट्टले ७१,आम जनता पाटीकी लक्ष्मी कुमारी विष्टले ३१, स्वतन्त्र थानेश्वर लेखकले ९५, बीरसिह क्षेत्रीले २१ र हर्क बहादुर ऐरले १७७मत ल्याएका छन । कुल १लाख, ३ हजार ८७मतदाता मध्ये, ५८ हजार, २०९खसेका थिए, जसमध्ये ५३हजार, ५४६सदर र ४हजार ६६३बदर भएका थिए ।
क्षेत्र ३मा २१फागुन राती १बजेदेखि शुरु भएको प्रत्यक्ष तर्फको मत गणना २३फागुन राती १० बजे सम्पन्न भएर घोषणा गरिएको बताए । पहिलो पटक चुनावी मैदान टेकेका रास्वपाका महता पुर्व सासद भट्ट, पुर्वमन्त्री सुनार, पुर्व आरक्ष आयोगका अध्यक्ष पूर्ण बहादुर चन्द, काँग्रेस पुर्व जिल्ला सभापति बोहरा सहितका उम्मेदवार उछिन्दै पहिलो प्रयासमै सासद बनेका छन । रेडियोदेखि टेलिभिजनमा जनताका आवाज बोल्दै आएका पत्रकार महता अब जवाफ दिने ठाँउमा पुगेका छन ।
