महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका भिभिन्न मौलिकता झल्किने अनेकौं चाडपर्व हरुमा एक विशेष पर्व “घस त्यार”भाद्र महिनाको अन्तिम दिन मनाउने चलन रहेको छ।भाद्र १ गते बुडि बाडे पछि असोज १ गते बुडि पोल्नु भन्दा एक दिन अगाडि” घस त्यार” मनाइने गरिन्छ। घरमा पालिएका गाईबस्तु लाई विभन्न रोगब्याधाहरु नलागुन भनी बुडि बाडने र घस त्यार मनाउने परम्परा रहिआएको छ। खासगरी ” घस त्यार” मा जेबलाल, ओल्स्यो ,बेल्डो , पुतली आँखी, चुनेरोघाँस दार्चुलाका स्थानिय नाम दिइएका घासलाई एक मुठोमा बेरि ४ वटा साना टाउका र १ ठूलो टाउको बनाई गाईबस्तुको मल को थुप्रो (प्रसाखात)मा गाडेर पुजा गर्ने चलन रहिआएको बताइन्छ। दार्चुलाका स्थानीय कमला ओझाका अनुसार आ आफ्नो गोठमा पालिएका गाईगोरुको सरिरलाई हरियो घाँस ले पुछेर ” भाईर निकल बुडि भाइर भाइर, निकल बुडि भाइर” भनी उक्त ५ मुखे घासको प्रतिमालाई गोबरको थुप्रोमा गाडिएको मुर्तिलाई पुजा गरि यो पर्व मनाउने परम्परा रहि आएको छ। गोबर मलमा गाडिएको घासको मुर्ती भने स्थापना गरेकै ठाउमा रहन्छ। “घस त्यार” मनाएको भोलि पल्ट पुन : गाई बस्तुको शरीर घासले पुछेर भाइर निकल बुडि भन्दै बुडि बाडेको ठाउमा लगेर बुडि पोल्ने चलन रहेको बताइन्छ।बुडि पोलि सके पछि बाकी रहेका अवसेस( न जलेका काठ) लाई गाउँ भरिका मानिसहरुको नामलिइ उनिहरुको भाग लगाइने चलन रहिआएको छ। बुडि पोलि सकेर उक्त खरानीलाई टीका बनाएर आ आफ्नो घरमा रहेका गाईगोरुको संख्या अनुसार स साना ढुङ्गाका मुर्ती स्थापना गरि बुडिको खरानी बाट टीका लगाउने प्रचलन रहि आएको छ। उक्त खरानिलाई घरमा ल्याई गाईबस्तुलाई टीका लगाए पछि गाईबस्तुमा कुनै रोगब्याधी नलाग्ने मान्यता रहिआएको छ।
सुदुरपस्चिममा आज “घस त्यार”