दार्चुला। प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेश सिंह ठगुन्ना विजयी हुनुभएको छ । ठगुन्नाले १८ हजार ८९१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत भुवन गिरीले जानकारी दिनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धर्मानन्द जोशीले १५ हजार ८८५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेश सिंह सामन्तले ८ हजार ९३६ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार लक्ष्मण दत्त जोशीले ३ हजार ६५ मत प्राप्त गर्नुभयो। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेश चन्दले ६६५ र नेकपा (माओवादी) का उम्मेदवार नवराज भट्टले २८५ मत प्राप्त गर्नुभएको छ ।
