बिकुल खबर

कंचनपुरको महेन्द्रनगरमा एमालेको जनजागरण र्‍याली एबम कोणसभा

महेन्द्रनगर २९ कार्तिक । नेकपा (एमाले) कञ्चनपुरले महेन्द्रनगरमा जनजागरणर्‍याली निकालेको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि गठित सरकारले गरेको प्रतिनिधि सभा विघटनप्रति एमालेले आपत्ति जनाउँदै आएको छ ।

सोही क्रममा विघटित प्रतिनिधि सभा पुनः स्थापनाको माग गर्दै एमालेले शनिवार महेन्द्रनगरमा जनप्रदर्शन गरेको हो ।महेन्द्रनगर स्थित पार्टी कार्यालयबाट निकालिएको जनजागरण र्‍यालीमा सहभागी नेता तथा कार्यकर्ताहरूले महेन्द्रनगर बजारको परिक्रमा गर्नुका साथै अराजकतावाद सरकार मुर्दावाद भन्दै नारासहित प्रदर्शन गरेका थिए ।

“राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गरौँ, षडयन्त्र र अराजकताविरुद्ध एकजुट बनौँ” नाराका साथ निकालिएको जनजागरण र्‍यालीमा नेकपा एमालेका हजारौँ नेता तथा कार्यकर्ताहरूको उपस्थिति देखिएको थियो । संसद् पुनस्र्थापना गर, हत्यारालाई कार्वाहीगर लगायतका नारा लगाउँदै निकालिएको ‍जनजागरण र्‍याली महेन्द्रनगर स्थित मदन चोकमा कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले कञ्चनपुरका जिल्ला अध्यक्ष लक्ष्मी बुढाले प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा एमाले निरन्तर आन्दोलनमा उत्रने बताउनुभयो । राम्रा काम गर्न खोज्दा खोज्दै पनि जेनजिका नाममा आक्रमण गरिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।

सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको, राजदूत व्युताउने कार्य भएको भन्दै अध्यक्ष बुढाले संविधानमा टेकेर सरकार बनाउनु पर्ने र संविधान बाहिर बनेको जो सुकै सरकार पनि एमालेलाई मान्य नहुने बताउनुभयो ।

जनजागरणको कोणसभालाई सम्बोधन गर्नुहुँदै नेकपा एमालेका कञ्चनपुर जिल्ला इन्चार्ज निरुदेवी पालले जेनजीका नाममा राष्ट्रीय सम्पत्ति जनाउने, घर भत्काउने कार्य निन्दनीय रहेको बताउनुभयो । अराजक गतिविधि गर्नेहरूलाई नछोड्ने बताउनुहुँदै उहाँले एमालेको नेतृत्वमा पुनः सरकार गठन गरी अराजक गतिविधि गर्नेमाथि कडा कारबाही गरिने उहाँले बताउनुभयो ।

आफ्नो जिउ धनको रक्षा आफैले गर्नुपर्ने सन्देश दिँदै नेता पालले राष्ट्र र राष्ट्रियता जोगाउन सधैँ अग्रसर रहने बताउनुभयो । जागरण अभियानलाई संवोधन गर्दे नेकपा एमालेका पोलिट ब्युरो सदस्य राजेन्द्र सिंह रावलले राष्ट्र निर्माणका लागी नेकपा एमाले सधैँ तयार रहेको बताउनुभयो । पुन एक पटक राष्ट्रियता जोगाउनका लागि प्रतिगमन विरुद्ध धावा बोल्नका लागि नेकपा एमाले मैदानमा उत्रिएको उहाँले बताउनुभयो ।

निर्वाचनको नाममा अहिलेको सरकारले नौटङ्की गरिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । आज राष्ट्रियता कमजोर भएको, राष्ट्रको स्वाधीनता माथि प्रहार भएको बताउनुहुँदै उहाँले राष्ट्र जोगाउनका लागि नेकपा एमाले निरन्तर आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । संविधानको रक्षार्थ लोकतन्त्रका सबै शक्ति एक ठाउँमा आउन उहाँले आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले कञ्चनपुरका सचिव पल्लब राज भट्टले लोकतन्त्रको पक्षमा र प्रतिगामी षडयन्त्रका विरुद्धमा सबैलाई एकजुट हुन आग्रह गर्नुभयो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि गठित सरकारले गरेको प्रतिनिधि सभा विघटनप्रति एमालेले आपत्ति जनाउँदै आएको छ । सोही क्रममा विघटित प्रतिनिधि सभा पुनः स्थापनाको माग गर्दै एमालेले शनिवार महेन्द्रनगरमा जनजागण र्‍याली र प्रदर्शन आयोजना गरिएको जनाएको हो ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.