बिकुल खबर

सगरमाथा साहित्य प्रतिष्ठानको शुदुरपस्चिम प्रदेश समिती घोसणा

केन्द्रिय महासचिव वाग्देवी सम्मान बाट सम्मानित

महेन्द्रनगर २९ कार्तिक । सगरमाथा साहित्य प्रतिष्ठानको आयोजना एबम सार्क एजुकेशन फाउण्डेसनको प्रवर्धनमा शुदुरपस्चिमको महेन्द्रनगरमा प्रतिस्ठानका केन्द्रिय महासचिव एबम सु प सयोजक रोहित कुवरको अगुवाईमा सगरमाथा साहित्य प्रतिस्ठान सुदुरपस्चिम समिति घोसणा गरिएको छ। सगरमाथा साहित्य प्रतिस्ठान शुदुरपस्चिमको अध्यक्षमा खिमानन्द बडु , उपाध्यक्ष पुर्ण मल्ल, सचिव बिरेन्द्र चन्द, सह सचिव केशब भट्ट, कोषाध्यक्ष चादनी भट्ट एबम सद्स्यहरुमा निर्मला पन्त, बबिता कार्की, पुजा धामी लख्खु सिंह रहेका छन। उक्त नव गठित सुदूरपश्चिम शाखाद्वारा आयोजित रचना वाचन कार्यक्रम प्रदेश शाखाका अध्यक्ष खिमानन्द बडूज्यूको अध्यक्षता तथा गुगुल्डि वाङ्मय प्रतिष्ठान कञ्चनपुरका अध्यक्ष वीर बहादुर चन्द विश्रामज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। उक्त कार्यक्रममा सुदूरपश्चिमका चार दर्जन जति साहित्यकारहरूको उपस्थिति रहेको थियो । सरगमाथा साहित्य प्रतिष्ठानका केन्द्रीय महासचिव रोहित कुवँरज्यूले नव गठित कमिटीलाई बधाई ज्ञापन गरेपछि रचना वाचनको कार्यक्रम सुरु भएको थियो । सार्क एजुकेशन फाउण्डेसनको सभाकक्षमा सम्पन्न उक्त कार्यक्रममा मानस खण्ड संविधान सभा सदस्य मा. आनन्दी पन्त, फाउण्डेसनका अध्यक्ष नारा जोशी, साहित्यकार कृष्ण दत्त चटौत कान्त, प्रलेस केन्द्रीय सदस्य रमेश पन्त मीतबन्धुले विशिष्ट आतिथ्यता ग्रहण गरेका थिए । कार्यक्रममा साहित्यकार कल्यान ओझा, हेमबाबु लेखक, प्रजापती नेगी, गंगा प्रसाद रिजाल, नवराज भट्ट, तुलसी प्रसाद पण्डित, लछिधन अधिकारी, अम्बादत्त जोशी, नारायण लम्साल, मधु हमाल, सत्यराज जोशी, सन्दिप समर्पण, , गंगा विष्ट, चाँदनी विष्ट, काँजल न्यौपाने, हिरा भट्ट जोशी, सन्तोष भट्ट, योगेश भट्ट, प्रकाश भट्ट, लगायतका साहित्यकारहरूको उपस्थिति रहेको थियो । नव गठित समितिले केन्द्रिय महासचिव रोहित कुवँरलाई वाग्देवीसम्मानबाट सम्मानित गरेको थियो। आगन्तुकहरुलाइ कविराज भट्टले स्वागत गरेको कार्यक्रमलाई प्रदेश प्रतिस्ठानका सचिव बिरेन्द्र चन्दले संचालन गरेका थिए।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.