बिकुल खबर

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

काठमाडौ १३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) लाई नेपालको प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। गत फागुन २१ मा सम्पन्न आम निर्वाचनमा रास्वपाले प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त गरेपछि राष्ट्रपति पौडेलले शाहलाई बहुमत प्राप्त दलको नेताको हैसियतमा सरकार प्रमुख चयन गरेका हुन।
प्रधानमन्त्रीको यो नियुक्ति नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा (१) बमोजिम गरिएको छ। संविधान जारी भएयता कुनै पनि एकल दलले बहुमत प्राप्त गरी यस धारा अन्तर्गत प्रधानमन्त्री नियुक्त भएको यो पहिलो ऐतिहासिक अवसर हो। यसअघिका सबै सरकारहरू विभिन्न दलहरूको गठबन्धन (धारा ७६ को उपधारा २) वा ठुलो दलको हैसियतमा (उपधारा ३) निर्माण हुँदै आएका थिए।

३५ वर्षको उमेरमा मुलुकको कार्यकारी प्रमुख बनेका बालेन नेपालको इतिहासमै सबैभन्दा कम उमेरका र मधेशी मूलका पहिलो प्रधानमन्त्री समेत बनेका हुन। नवनियुक्त प्रधानमन्त्री शाहको शपथ ग्रहण समारोह आजै राष्ट्रपति भवन शीतल निवासमा हुँदैछ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.