बेलौरी १४ माघ । २०८२ को २१ फागुनमा हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले कंचनपुरले निर्वाचन क्षेत्रमा चुनाव प्रचारप्रसारका लागि युवा परिचालनको जिम्मा युवा नेता कमल रोकायालाई दिएको छ ।एमाले कंचनपुरको निर्वाचन क्षेत्र न १ को क्षेत्रीय कमिटिले रोकाया नेतृत्वमा युवा तथा स्वयमसेवक परिचालन उप समितिको संयोजकको जिम्मेबारी दिएको हो ।

अनेरास्ववियु तथा पाटीका युवा नेता रोकाया नेतृत्वमा नविन चन्द, सुरेन्द्र शाही, काशी बोहरा, टेक बहादुर थापा, बिक्रम थापा, अमर राना, अशोक सार्की, नरेन्द्र विष्ट, जितराम तामाङ्गलाई जिम्मेबारी दिएको छ । पाटीले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने रोकायाको संकल्प छ ।अहिलेको देशको बदलिदो राजनैतिक अवस्था र युवाहरूमाझ जुन प्रकारको भ्रम फैलाइएको छ सो कुरा लाई चिर्दै सत्य र वास्तविक कुरालाई युवाहरु बिच लैजाने नेता रोकायाले बताउनु भयो। अहिले विभिन्न सामाजिक संजाल हरु मार्फत युवाहरुको जुन माइण्ड डाईवर्ट गर्ने प्रयास भईरहेको छ त्यो कुरा तथ्य र वास्तविकता आम युवाहरुले बुझ्नु जरुरी रहेको कुरा रोकाया को भनाई छ। एमाले युवा नेता रोकायाका अनुसार अहिलेको निर्वाचन बिशेष रहेको जुन देश बनाउने र देश जलाउने बीचमा भै रहेको र सच्चा देशभक्त देश बनाउने पार्टी एमाले नै भएकोले एमालेलाइ देश बिकासको जिम्मा दिनुको बिकल्प नभएकोले सबै युवाशक्तिलाई एमाले लाई बहुमत दिलाउन लाग्न समेत अह्वान गरे। विभिन्न समयमा देशको बिकास गर्ने माथी बाधा आउनु स्वभाबिक रहेको र बाधा ब्यवधान एब भ्रमलाई चिर्दै एमालेलाई सहयोग गर्न समेत नेता रिकायाले सबैलाई अह्वान गरेको बताउनु भयो।
कंचनपुरको निर्वाचन क्षेत्र न १ मा एमाले बाट तारालामा तामाङ संघीय सांसदका उम्मेदवार रहेकोले आफ्नो उम्मेदवारलाई जिताउन स्वच्छता पुर्बक लागेर आफ्नो कर्तब्य निर्वाहगर्ने रोकाया बताउछन।
