बिकुल खबर

एमाले सुदुरपश्चिम संयोजकमा गणेश ठगुन्ना

कंचनपुर २२ पुष । नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेश संयोजकको जिम्मेवारी नेता गणेश सिंह ठगुन्नालाई दिएको छ। आज बसेको सचिवालय बैठकले प्रदेश र निर्वाचनको संयोजक गर्नेगरी नेताहरूलाई जिम्मेवारी बाँडफाँड गरे अनुसार सुदूरपश्चिम संयोजकको जिम्मेवारी ठगुन्नालाई दिइएको छ। यसैगरी एमालेले कोशीमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा महेश बस्नेत, राजधानीमा डा. राजन भट्टराई, गण्डकीमा खगराज अधिकारी, कर्णालीमा यामलाल कँडेल, सुदूरपश्चिममा गणेश ठगुन्ना र संगठन विभागमा भानुभक्त ढकाललाई संयोजकको जिम्मेवारी दिइएको बताइएको छ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.