बिकुल खबर

असार २८ गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग 
वि.सं असार २८, २०८२ । इ.सन् 12 Jul, 2025 । शक संवत् १९४७ । नेपाल संवत् ११४५ (दिल्लागा) । सिद्धार्थी संवत्सर उत्तरायण ग्रीष्म ऋतु । शनिबार श्रावण कृष्णपक्ष । तिथि द्वितिय, ०१:५० बजेपछि तृतीया । नक्षत्र उत्तराषाढा, ०७:२९ बजेपछि श्रवण । योग विष्कम्भ, २१:०९ बजेपछि प्रीति । करण तैतिल, १४:०३ बजेपछि गर, ०१:५० बजेउप्रान्त वणिज । चन्द्रराशि मकर । योग (आनन्दादि) राक्षस । दिनमान १३:४२ । सूर्योदय ५:१८ । सूर्यास्त १९:०० । दिन विशेष :  त्रिपुष्कर योग ७:२९ बजेसम्म ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सोचे अनुरूप धेरै कुरामा सफलता प्राप्त हुनेछ। पारिवारिक जीवनलाई लिएर चिन्ता रहनेछ। मस्तिष्कमा नयाँ नयाँ विचारहरूको सृजना हुनेछ। नैतिक मूल्यलाई अगाडि राखेर कार्य गर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दाम्पत्य जीवन सुमधुर रहेनछ। आर्थिक पक्ष सबल रहनेछ। नयाँ व्यापारमा लगानी लगाउन सक्नुहुनेछ। पायक स्थानमा भ्रमणका योग छन्। चिकित्साको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विद्यार्थीहरूलाई पढाइमा बाधा आउनेछ। वित्तीय व सहकारी क्षेत्रमा सफलता मिल्नेछ। साँझतिर कुनै शुभ समाचारले मन प्रसन्न रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मातापिताको साथमा वैचारिक मतभेदका योग छन्। प्रेम सम्बन्ध अगाडि बढ्नेछ। विद्यार्थीहरुको पढाईमा मन लाग्नेछ संगै लोकप्रियता पनि बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कृषि वा पशुपालनबाट प्रशस्त लाभ मिल्नेछ। गरिएको कामको थोरै समयमा प्रतिफल प्राप्त हुनेछ। आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हात लाग्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) राजनीतिक व सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ। रोकिएको काम दोहोराएर गर्दा सफलता हात लाग्नेछ। आफ्नो लागि आत्मचिन्तन गर्ने समय रहेको छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेम सम्बन्धमा आफ्नो भावनलाई व्यक्त गर्ने समय रहेको छ। योजना बनाएर कार्य गर्नुहोस् सफलता मिल्नेछ। नोकरी वा पेशामा आकस्मिक यात्राका योग छन्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक दायित्वहरू बढ्नेछन् प्रतिस्पर्धामा सफलता पाइनेछ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। बिशेष उपहारले कार्यक्षेत्रमा उत्साह बढ्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्य प्रणालीमा सुधार गर्ने समय रहेको छ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। नोकरी वा पेशामा सहकर्मीहरूको भरपूर साथ मिल्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ७ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा लगनशीलताले सफलता मिल्नेछ। आफूलाई संयमित राख्ने प्रयास गर्नुहोस्। व्यापार व्यवसाय र नोकरी वा पेशामा झुटो आरोप लाग्ने सम्भावना देखिएको छ सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साहित्य वा कलाक्षेत्रमा सफलता मिल्नेछ। धर्मकर्म र सांस्कृतिक कार्यमा सहभागी भइएला। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा नयाँ कार्यको प्रस्ताव आउनेछ। विशेष कामको जग बसाउने अवसर रहेको छ। अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ। राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.