बिकुल खबर

पुर्व बिद्यार्थी नेता ज्ञानु भट्ट द्वारा बिरामी पत्रकार राजेन्द्र बिस्टको उपचारका लागि आर्थिक सहयोग

कञ्चनपुर, साउन २१ । बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले उपचार खर्च सहयोग गरेका छन । सरकारी संचार माध्यम राष्ट्रिय समाचार समिति(रासस) काठमाण्डौँ केन्द्रीय कार्यालयका कार्यरत पत्रकार राजेन्द्र विष्टको उपचारका लागि कञ्चनपुरका पुर्व विद्यार्थी नेता ज्ञानु भट्टले उपचार खर्च सहयोग गरेका हुन ।
सुदूरपश्चिम प्रदेश शुक्लाफाँटा नगरपालिका १ कञ्चनपुरका स्थानीय समेत रहेका पत्रकार विष्टको उपचारका लागि टेवा पु¥याउने उदेश्यका साथ नेकपा एमाले निकट अनेरास्ववियु कञ्चनपुरका पुर्व उपाध्यक्ष समेत रहेका विद्यार्थी नेता भट्टले २०हजार आर्थिक सहयोग गरेका हुन ।
अध्ययन तथा रोजगारीका लागि विदेशी भूमि जापानमा रहेका कञ्चनपुरको बेलौरी निवासी भट्टले आर्थिक अभावमा पत्रकार विष्टको उपचारमा समस्या भएको थाहा पाएपछि समाजिक सेवा गर्ने उदेश्यले खाजा खर्च घटाएर सहयोग गरेका छन । भट्टले कञ्चनपुरका पत्रकार मोहन विष्टसंग समन्वय गरेर बिरामी पत्रकार राजेन्द्र विष्टको खातामा रकम ट्रान्सर्फर गरिदिएका छन । मातृभूमि सुदूरपश्चिम नेपाल(कञ्चनपुर)का स्थानीय समेत रहेका नेपाली पत्रकार विष्टले समाजका लागि पु¥याउँदै आएको योगदानको उच्च कदर गर्दै संकटका बेला सक्दो आर्थिक सहयोग गरेर पत्रकार विष्टको जिवन रक्षाका लागि भूमिका निर्वाह गरेको छन । पत्रकार विष्ट केही समयदेखि बीर अस्पताल काठमाण्डौँमा उपचारार्थ छन ।
नेपाल पत्रकार महासंघ कञ्चनपुरका सदस्य समेत रहेका एमाले निकट प्रेस चौतारीका पुर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका युवा पत्रकार विष्टको उपचारका लागि ठुलो धनरासी खर्च हुने भएकाले सहयोगका लागि नेपाल पत्रकार महासंघ कञ्चनपुर सहितका पत्रकार संघ संगठन, पत्रकारहरुले हार्दिक अपिल गरेका छन ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.