बिकुल खबर

कंचनपुरको तिनवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

कञ्चनपुर, २ माघ: आगामी २१फागुन ०८२मा हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा अधिकृतका कार्यालय खुलेका छन ।

शुक्रबार एकसाथ जिल्लाका तीनै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय खुलेका हुन । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण कोईरालालले क्षेत्र १को बेलौरी, २को झलारी र ३को महेन्द्रनगरमा निर्वाचन अधिकृतका कार्यालय सचालनमा आएको बताए ।

प्रजिअ कोईरालालले १को बेलौरी नगरपालिका, २को शुक्लाफाँटा र ३अर्थात मुख्य निर्वाचन अधिकृतको कार्यालय भीमदत्त नगर नगरविकास समितिको भवनमा कार्यालय संचालनमा आएको बताए ।

‘हामीले केन्द्रीय कार्यक्रम अनुरुप जिल्लामा निर्वाचन अधिकृतका कार्यालय संचालनमा ल्याएका छौँ, ‘प्रजिअ कोईरालाले भने, ‘तीनै निर्वाचन अधिकृतको कार्यालयमा सशस्त्र प्रहरी सहितका सुरक्षाकर्मी खटाईसकेका छौँ ।

कञ्चनपुर जिल्ला अदालतका न्यायाधिश राजेन्द्र सिह भण्डारीलाई मुख्य निर्वाचन अधिकृत सहित क्षेत्र ३, जिल्ला सरकारी वकील कार्यालय कञ्चनपुरकै जिल्ला न्यायाधिवक्ता प्रकास बहादुर भण्ण्डारीलाई क्षेत्र २ र सर्वोच्च अदालतका ईजलास अधिकृत दामोदर घिमिरेलाई क्षेत्र १को निर्वाचन अधिकृतको जिम्मेबारी दिएको छ ।

४मंसिर ०७९सालमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनदेखि कञ्चनपुरमा सम्बन्धीत निर्वाचन क्षेत्रकै भूगोलमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिदै आएको छ ।

स्थानीय जनप्रतिनिधी, कर्मचारी दलका प्रतिनिधी, सुरक्षा निकायदेखिका सरोकारवाला प्रतिनिधीहरुको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालय स्थापनासंगै जिल्लामा समेत निर्वाचनको माहोल बनिरहेको छ ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.