बिकुल खबर

शुक्लाफाटा जङ्गलभित्र हराईरहेका १७ जनाको उद्वार

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जंगलमा च्याउ टिप्न गएर सम्पर्कविहीन भएका सबै १७ जनाको सकुशल उद्धार गरिएको छ ।

आइतबार बिहान च्याउ टिप्न गएका भीमदत्त नगरपालिका १९ बागफाँटा र वेदकोट नगरपालिका १० चतहरीका गरी १४ जना तथा बेलडाँडी गाउँपालिका २ चौवन्नीका ३ जना गरी १७ जना महिला जंगलभित्र बाटो बिराएर सम्पर्कविहीन भएका थिए । खोजीका लागि निकुञ्जमा रहेका ९ वटै पालुवा हात्ती परिचालन गरिएको थियो भने ड्रोनमार्फत निगरानी समेत गरिएको थियो ।

यसअघि सोमबार मध्यान्ह बेलडाँडी गाउँपालिका २ चवन्नीका मञ्जु रानाक्षेत्री, लक्ष्मी थापामगर र सीता चौधरीलाई सकुशल उद्धार गरिएको थियो । त्यसपछि दिउँसोतिर भीमदत्त नगरपालिका १९ बागफाँटा र वेदकोट नगरपालिका १० चतहरीका १४ जनालाई पनि उद्धार टोलीले फेला पारी सुरक्षित रूपमा परिवारको जिल्ला लगाइएको सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले जानकारी दिए । ‘सबै जना सुरक्षित अवस्थामा फेला परेका छन् । आवश्यक समन्वय र खोजीपछि उनीहरूलाई जंगलबाट बाहिर ल्याएर घर पठाइएको छ,’ उनले भने। हराइरहेकाहरूको खोजीका लागि प्रमुख जिल्ला अधिकारी मदन कोइरालाको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रशासन तथा स्थानीयवासी परिचालित भएका थिए ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.