बिकुल खबर

शिल्पी थिएटरमा नाटक ‘डल्ले खोला’ (तस्बिरहरु)

काठमाडौं । काठमाडौँको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘डल्ले खोला’ मञ्चन भैरहेको छ ।

रङ्गकर्मी वेदना राईको परिकल्पना र निर्देशनमा तयार पारिएको यो नाटक यही जेठ २९ देखि असार १५ गते सम्म मञ्चन हुने छ । नाटकको कथा कथाकार परशु प्रधानको ‘डल्ले खोला’ मा आधारित छ ।

नदीको कथामा आधारित नाटकले नदीकै नाममा भइरहेको भ्रष्टाचारको प्रसङ्ग उठाएको छ । सरकारी काम प्रति हुने भ्रष्टाचार र ढिलासुस्तीलाई नाटकद्वारा प्रस्तुत गरिएको छ । बर्खामा आउने बाढीले गर्दा कैयौंले ज्यान गुमाएका छन् भने कसैले आफन्त गुमाउनु पर्दाको पिडा नाटकद्वारा मञ्चन गरिएको छ ।

एक थिएटर नेपालको प्रस्तुति रहेको नाटकका निर्माता सौजन सेनेहाङ हुन् ।

नाटकमा उमेश सुनाम, अमित मगर, रञ्जना नेपाली, रचना मगर, रेजिना राई, सोहाङ राई थुलुङ, स्वर्णिम चाम्लिङ, ओसिन गुरुङ, पुष्पाञ्जली तिम्लिङ लिम्बू, रमिता राई, आकाश सुहाङ लिम्बू, अञ्जना थुलुङ राई, नुमा राई, प्रकृति थुलुङ राई, प्रिति चाम्लिङ राई, युगल श्रेष्ठ र सरोज खालिङ राईको अभिनय गरेका छन् ।

नाटक असार १४ गतेसम्म मंगलबारबाहेक साताको प्रत्येक दिन साँझ ५ः१५ बजे मञ्चन हुनेछ । शनिवार १ बजेको अतिरिक्त सो पनि हुने टिमले जनाएको छ ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.