बिकुल खबर

राज्यको सम्पती जलाउने, जनताको घरमा आगो लगाउने , अहिले आयोगको नाममा नाटकगर्न आउने : पुर्वमुख्यमन्त्री रावल

कञ्चनपुर ।सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) पोलिटब्युरो सदस्य राजेन्द्रसिंह रावलले जेनजी आन्दोलनका क्रममा भएको क्षतिबारे अनुसन्धान गर्न बनेको जाँचबुझ आयोगका सदस्यमाथि गम्भीर आरोप लगाएका छन्। भीमदत्तनगरमा बिहीबार आयोजना गरिएको सर्वदलीय बैठकमा उनले आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीलाई राज्यको कोष दुरुपयोग गर्ने र अपराधीलाई लुकाउने व्यक्तिको रूपमा आरोपित गर्दै तीव्र असन्तुष्टि व्यक्त गरे।

‘राज्यको सम्पत्ति जलाउने, जनताको घरमा आगो लगाउने, अपराधीहरूलाई कारबाही नगर्ने अनि अहिले आयोगको नाममा नाटक गर्न आउने ? तपाईंहरू गैरकानुनी मान्छे हो,’ रावलले सार्वजनिक रूपमा भने। उनका अनुसार, जेनजी आन्दोलनका क्रममा आफ्नै घर र पार्टी कार्यालयमा आगो लगाइएको थियो। उनले भण्डारीमाथि त्यही घटनामा संलग्नहरूलाई बचाउने प्रयास गरेको आरोप समेत लगाए। रावल र भण्डारीबीचको भनाभनपछि बैठकको वातावरण तनावग्रस्त बनेको थियो। भण्डारीले रावलको आरोपको जवाफमा ‘मैले हो तपाईंको घर डढाएको ?’ भन्ने प्रतिप्रश्न गरेपछि रावल झन् आक्रोशित बनेका थिए। ‘मेरो परिवारले भोगेको पीडा हेर्नु भएको थियो ? अहिले यहाँ आएर सहानुभूतिको नाटक देखाउँछौं भन्ने ? तपाईंहरू जनविरोधी हो,’ रावलले तीव्र शब्दमा प्रतिक्रिया जनाए। उनको वक्तव्यपछि सर्वदलीय बैठक अव्यवस्थित बनेको थियो। नेकपा (एमाले) का जनप्रतिनिधिहरू बैठकबाट बाहिरिएका थिए भने भीमदत्त नगरपालिका प्रमुख तथा नेपाली कांग्रेस जिल्ला सभापति पदम बोगटी समेत उपस्थित रहेनन्। कार्यक्रम औपचारिक रूपमा सुरु हुनुअघि नै विवाद चर्किएपछि केही जनप्रतिनिधि र कर्मचारीबीचको छलफलपछि आयोगका सदस्य भण्डारी बैठकस्थलबाट निस्किएका थिए।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.