महेन्द्रनगर २४ मङ्सिर ।प्लान ईन्टरनेशनल र वातावरण सरक्षण तथा समाज कल्याण संघ नेपाल र पेशवानको संयुक्त साझेदारीमा ‘सबल बालिका सबल समुदाय’ परिजना लागु भएको छ। कंचनपुरको भिमदत्त नगरपालिका र दोधारा चादनी नगरपालिकामा बालबिवाह रोक्नकालागी सबल बालबालिका सबल समुदाय परियोजना लागुभएको छ।बुधबार जिल्लाका परियोजना सल्लाहकार समितिसंग आयोजित छलफल कार्यक्रलममा प्लान ईन्टरनेशलका कार्यक्रम अधिकृत रमेश घिमिरेले बालविवाह निरन्तर हुन थालेपछि रोक्नका लागि कार्यक्रम लागु गरिएको बताए । उनका अनुसार सुदूरपश्चिमको बाजुरा र कञ्चनपुरमा उक्त कार्यक्रम लागु भएको छ । कञ्चनपुरको भीमदत्त नगरका १, ३, १३ र दोधाराचाँदनी नगरका ३, ७ , १० वडाहरुमा कार्यक्रम लागु हुनेछ । दुवै पालिका ६ वडाहरुमा २का दरले १२ वडा किशोरी क्लब समुह गठन गरिएको, अभिभावक, सरोकारवालासंग सचेतना कक्षा संचालन गरिएको बताए ।
आगामी दिनहरुमा समेत सचेतना सहितका विवित कार्यक्रम गरेर बाल विवाह रोकिने छ । वातावरण सरक्षण तथा समाज कल्याण संघ नेपालपेशवानका अध्यक्ष डा. तिलमाया ढकालले समाजमा बढिरहेको बाल विवाह रोक्नका लागि सरोकारवाला सजक हुनुपर्ने बताए । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले बाल विवाह रोक्नका लागि सरोकारवाला सकृय हुनुपर्ने बताए । जिसस प्रमुख बोहराले पालिका थप जिम्मेबार हुनुपर्नेमा बताए । कार्यक्रममा जिल्ला शिक्षा समन्वय प्रमुख लक्ष्मण गिरिले यस्ता कार्यक्रमहरुलाई स्कुलहरु शीत जोडन सके द्विगो रहने धारणा राखेका थिए । कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधीहरुले बाल विवाह न्यूनिकरणमा जोडदिएका थिए ।
भिमदत्त र दोधारा चाँदनि नगरपालिकामा वालविवाह रोक्न सबल बालिका सबल समुदाय परियोजना
