बिकुल खबर

बेलौरी नगरस्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा शान्ती मा.बि. प्रथम


बेलौरी । बेलौरी नगरपालिका स्तरीय १६ औं राष्ट्रपति रनिङ्ग छनौट खेलकूद प्रतियोगितामा शान्ति माध्यमिक विद्यालय शान्तिपुरले ३९ पदक जितेर प्रथम स्थान हासिल गरेको छ । शान्तिपुर माविले १७ स्वर्ण, १२ रजत र १० कास्य पदक जितेको छ।

प्रतियोगितामा ११ स्वर्ण, ६ रजत र ८ कास्य पदक सहित लक्ष्मी मावि जबदीया द्वितीय र १९ पदक जितेर जन नमूना मावि रामनगर तेस्रो भएको छ । जन नमूनाले १० स्वर्ण, ६ रजत र ३ कास्य पदक हात पारेको छ ।
प्रतियोगितामा सहभागी ७ विद्यालय पदक बिहीन भए । बेलौरी नगरपालिका बेलौरी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख अमित प्रसाद भट्टले प्रतियोगितामा नगरपालिका क्षेत्रका २५ विद्यालयले भाग लिएको बताए ।सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिह विष्टले प्रतियोगिता उद्घाटन गरेका थिए ।पुस १ देखि ४ गतेसम्म प्रतियोगिता सञ्चालन गरिएको हो । शुक्रबार औपचारिक कार्यक्रमबीच प्रतियोगिता समापन गरिएको छ ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.