अत्तरिया १० माघ : नेपाल राष्ट्रिय शिक्षक संगठनको सदस्यता विस्तार ,संगठन सुदृढीकरण र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि March to local level – 2026 सुदुरपश्चिम प्रदेश स्तरीय दुई दिने योजना कार्यशाला प्रदेश अध्यक्ष खगेन्द्र धमलाको अध्यक्षतामा कैलालीको अतरियामा सम्पन्न भएको छ। कार्यक्रमकाे सञ्चालन प्रदेश समिति महासचिव गणेश कठायतले गर्नुभएको थियाे भने प्रदेश समितीका महिला उपाध्यक्ष मन्जु कुँवरले स्वागत मन्त्ब्य राखेका थिए।

कार्यशालाकाे आवश्यकता र औचित्य सहित साङ्गठ्निक सुदृढीकरण ,विस्तार र भावी याेजना,सङ्गठनकाे आर्थिक अवस्था, नेपाल शिक्षक महासंघका गतिविधि ,शिक्षक आन्दोलन र ट्रेड युनियन अधिकार ,महिला नेतृत्व र सहभागीता तथा जिल्ला र स्थानीय तहसम्म सङ्गठन सुदृढीकरणका याेजना,लगायत विविध विषयमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका राष्ट्रिय समिति अध्यक्ष हंस बहादुर शाही, महासचिव प्रकाश खनाल ,काेषाध्यक्ष नर बहादुर रावल , नेपाल शिक्षक महासङ्घका महासचीव तुला बहादुर थापा उपमहासचिव राम प्रसाद ढकाल लगायत नेतृत्व तहका शिक्षक नेताहरुले प्रशिक्षण दिनुभएको थियाे। कार्यक्रममा प्रदेश समिति, जिल्ला अध्यक्ष ,महिला उपाध्यक्ष र सचिव, शिक्षक महासंघमा प्रतिनिधित्व गर्ने व्यक्तिहरु र सुदुरपश्चिम प्रदेशबाट राष्ट्रिय समितिमा प्रतिनिधित्व गर्नुहुने राष्ट्रिय समिति सदस्यहरुकाे सहभागिता रहेकाे थियाे । उक्त कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन सुदुरपश्चिम प्रदेश समितिले प्रदेशका नौ वटै जिल्ला अध्यक्ष र राष्ट्रिय समितिकाअध्यक्ष ,महासचिव ,काेषाध्यक्ष र नेपाल शिक्षक महासंघका महासचिव उपमहासचिव लगायत सुदुरपश्चिम प्रदेशबाट राष्ट्रिय समितिमा प्रतिनिधित्व गर्नुहुने राष्ट्रिय समिति सदस्यहरुलाई बधाई सहित सम्मान गरिएकाे नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दार्चुलाका अध्यक्ष नव राज ओझाले बताउनु भयो। साथै अध्यक्ष ओझाले यस्ता कार्यक्रम हरुले शैक्षिक गुणस्तरमा अभिबृदी हुने बताउनु भयो
