बिकुल खबर

नेपाली कम्युनिस्ट पार्टी कंचनपुरको एकता सन्देश सभा पुष ७ गते

कंचनपुर ५ पुष । नेपाली कम्युनिष्ट पार्टी कञ्चनपुरले जिल्ला एकता सन्देश सभा शुक्लाफाटा नगरपालिकाको झलारी खुल्ला मंच मा यहि पुस ७ गते आयोजना गर्दै छ । नेकपाले जिल्ला एकता सभा सन्देश कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कुरा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

एकता जिल्ला सन्देश सभा मूल परिचालन समिति, कञ्चनपुरका संयोजक एव नेकपा नेता लोकेन्द्र लम्सालले पार्टी एकता सन्देश सभाहरु प्रदेश स्तरमा सम्पन्न भएपछि जिल्ला तहमा गर्न लागेको बताए । उनले उक्त एकता अभियानलाई देशव्यापीरुपमा जनसमक्ष पुर्‍याउने उद्देश्यले यहि पौष ७ गते कंचनपुरमा जिल्ला स्तरिय पार्टी एकता सन्देश कार्यक्रम हुन लागेको बताए ।

सु प प्रदेशका पहाडी जिल्लाहरुमा एकता सन्देश सभा सम्पन्न भईसकेकोे र अब कञ्चनपुरमा गर्न लागेको बताए । नेकपा कञ्चनपुर जिल्ला एकता सभा सहसंयोजक प्रकास रावलले जिल्ला एकता सभालाई नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय नेताहरु पूर्व उपप्रधान तथा गृहमन्त्री डा. भीम रावल, पूर्व शिक्षा तथा स्वास्थ्य मन्त्री गिरीराजमणी पोखरेल, पूर्व मन्त्री भानुभक्त जोशी र खगराज भट्ट लगायतका केन्द्रिय नेताहरुले सम्बोधन गर्ने बताए ।एकता सभा कार्यक्रममा जिल्लाभरीबाट हजारौँ नेता कार्यकर्ताहरुको सहभागिता हुने बताए । नेकपा जिल्लाका नेता खेम पाण्डेयले कञ्चनपु्रको एकता सभा सम्बोधनका लागि मूल परिचालन समितीमा जिल्ला भूगोल भित्र रहेका पार्टीका केन्द्रीय सदस्यहरु, केन्द्रीय निकाय आयोग, विभाग, सल्लाहकार, जेष्ठ कम्यूनिट मञ्चका सदस्यहरु, प्रदेश, जिल्ला, पालिका र वार्ड कमिटीका पदाधिकारी, जनसंगठनहरुका पदाधिकारी र जननिर्वाचित प्रतिनिधिहरु सदस्य रहने बताए ।

सन्देश सभाको प्रभावकारी तयारी र आयोजनाको लागि विभिन्न ९ ओटा उपसमितिहरु गठन गर्नुका साथै नेता, कार्यकर्ता, जनप्रतिनिधि तथा समर्थक र शुभेच्छुकहरुबाट सहयोग प्राप्त गर्न आवश्यक कार्ययोजनाका साथ सक्रिय रुपमा आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्ने निर्णय भएको छ। देशको विद्यमान विषम, जटिल र तरल राजनीतिक परिस्थितिमा राष्ट्रिय हित, स्वाधीनता, सार्वभौमसत्ता, अखण्डता, स्वाभिमान, समृद्धि र एकताको लागि सम्पूर्ण वामपन्थी, प्रगतिशील र देशभक्त शक्ति, समूह एवं व्यक्तिहरुको एकता अपरिहार्य रहको बताइएको छ ।

देशमा आगामी फागुन २१ गतेका लागि आम निर्वाचनको घोषणा भइसकेको स्थितिमा राजनीतिक दल र जनताले निर्वाचनका सम्पूर्ण गतिविधिमा निर्वाध, स्वतन्त्र र भयरहित वातावरणमा सहभागी हुन सक्ने गरि सरकारले यथोचित वातावरणको निर्माण गर्नुपर्ने नेकपा कञ्चनपुुरले जनाएको छ ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.