बिकुल खबर

जनप्रतिनिधिले ‘आफ्नै घोडा’ चढेको समाचार

चरीकोट । जनप्रतिनिधिमा नियमसङ्गत पाउने सरकारी सेवासुविधा लिन तँछाडमछाड गर्ने गरेको खबर सुनिँदै आएको छ । नियमले नमिल्नेमा समेत जबरजस्ती सुविधा लिने जनप्रतिनिधि पनि छन् । केही जनप्रतिनिधि भने आफूले पाएको सुविधा फिर्ता गरेर समाजमा उदाहरणीय बनेका छन् ।दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष कृष्णप्रसाद फुयाँल स्थानीय तहका अन्य जनप्रतिनिधिभन्दा फरक देखिनुभएको छ ।

उहाँ उमेरले ५८ वर्षको हुनुभयो । वडाध्यक्षमा विजयी भएपछि नागरिकको सेवामा विकास निर्माणसँगै विभिन्न सामाजिक कार्य गर्दै आउनुभएका उहाँले गाउँपालिकालाई आर्थिक भार कम होस् भन्दै सुविधामा पाएको मोटरसाइकल गाउँपालिकालाई फिर्ता गरेर घोडा चढ्न थाल्नुभएको छ । गएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी हुनुभएका फुयाँलले मोटरसाइकल फिर्ता गरेर एक लाख पाँच हजार रुपियाँमा घोडा किनेर चढ्दै आउनुभएको हो ।

आफूसँगै निर्वाचित वडाध्यक्षहरू मोटरसाइकलमा हुइँकिएर कार्यालय जाँदा आउँदा उहाँ भने हरेक दिन घोडा चढेरै कार्यालय जाउआउ गर्नुहुन्छ । कार्यालयको कामकाजका लागि भनी गाउँपालिकाबाट लिएको मोटरसाइकल उहाँले कार्यालयमै बुझाउनुभएको हो ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.