कञ्चनपुर। कञ्चनपुर कारगारमा कैदीबन्दीबिच झडप हुँदा ८ जना कैदीहरु घाइते भएका छन् । कारागार प्रशासनका अनुसार, चौकिदार नाइके लगायतको समुह र अन्य कैदी बन्दीको समुहबिच झडप भएको हो । शुक्रबार दिउसोदेखि झडप सुरु भएको र सा“झ अबेरसम्म पनि कारागार तनावग्रस्त बनेको छ ।
प्रहरीका अनुसार झडपमा परेर किरनसिंह, दिनेश कुवर, करन कुवर, राजेन्द्र सुनार गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपवचारका लागि महाकारी प्रादेशिक अस्पताल लगिएको छ । यसैगरि सन्दीप भण्डारी, मदन गिरी, जनक खडका र रोशन शाही पनि घाइते भएका छन् । उनीहरु सामान्य घाइते भएकाले अस्पताल लगिएको छैन ।
घाइतेहरु सबै नाइके प्रकाश मल्ल पक्षका हुन् । उनीहरु चौकीदार र सहनाइके लगायतका हुन् । जेलर बन्दना सुवेदीका अनुसार, चौकीदार तथा नाइकेहरुले समयमा खाना नदिने, विभिन्न भत्ताहरु पनि नदिने र सिजन अनुसार पाउने लुगा कपडा समेत नदिने गरेको कैदीहरुले आरोप लगाएका छन् ।
यसैगरि कैदी बन्दीका निवेदनहरु पनि कारागार प्रशासनमा पु¥याउन कैदी बन्दीबाट पैंसा लिने गरेको आरोप लगेको छ । ‘कारागार प्रशासनमा आउजाउ गर्न मिल्ने अधिकार चौकीदार र नाइकेहरुलाई मात्रै हुन्छ, उनीहरुले नै कैदी बन्दीका निवेदन प्रशासनसम्म ल्याउन पाउ“छन्,’ जेलर सुवेदीले भनिन्, ‘तर कतिपय कैदी बन्दीले उक्त निवेदन प्रशासनसम्म लगिदिए बापत पैसा तिर्नुपरेको गुनासो आएको छ ।’
उनका अनुसार अदालतमा जानका लागि वा अन्य काम देखि कैद छुट संगै एक वर्षभन्दा कम कैद सजाय बांकी रहेकाहरुको हकमा पैसा तिरेर कैद खरिद गर्ने लगायतका कामका लागि कैदी बन्दीले निवेदन दिनुपर्ने हुन्छ । तर चौकीदार र नाइकेहरुले उक्त निवेदनहरुका लागि १५÷२० हजारसम्म लिने गरेको पाइएको छ ।
कैदी बन्दीहरुले चौकीदार र नाइकेको सरुवा गरिनुपर्ने, उनीहरुलाई कारवाही हुनुपर्ने लगायतका माग राखेर नारावाजी गरिरहेका छन् । कैदी बन्दीहरुलाई दैनिक ७ सय ग्राम चामल, ८० रुपैंया भत्ता र जाडो र गर्मीमा एक÷एक जोर लुगाका लागि भत्ता दिनुपर्ने हुन्छ । तर नाइके र चौकीदारहरुले उक्त भत्ता समेत नदिने गरेको पाइएको छ ।
१ सय ४० जना कैदी बन्दी राख्न सक्ने क्षमताको कारागारमा अहिले १७ महिला सहित ३ सय ८४ जना कैदी रहेका छन् ।