बिकुल खबर

मृगौला र क्यान्सरपिडित शुक्लाफाँटा नगरकी बिस्ना जोशीलाई खर्च अभावले उपचारमा समस्या

सहयोगका लागि सबैलाई अनुरोध

कल्पना साउद कञ्चनपुर, १७ मंसिर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरकी एक मृगौला र क्यान्सरपीडित महिला मृत्युको मुखमा पुगेकी छिन । झलारी कलुवापुरकी ३५ बर्षिया विष्ना जोशी मृगौला र क्यान्सरपीडित महिला मृत्युको मुखमा पुगेकी हुन ।
विष्ना चार बर्षदेखि मृगौलारोगसंग लडिरहेकी उनको मृर्गौला प्रत्यारोपण गर्नुपर्ने छ । तर, उपचार खर्च नहुँदा समस्या खेप्नु परेको छ । शुरुवातमा दुवै मृगौला फेल भएकी विष्नाको अर्को बायाँ हातमा क्यान्सरको संक्रमण देखिएपछि झन समस्या परेकी हुन । दुई छोरा दुई छोरी सहित चार सन्तानकी आमा विष्नाको परिवारसंग उपचार खर्च पैशा नभएपछि गाँउ गाँउ रकम संकलन गर्दै डुलिरहेकी छिन ।
विष्नाका श्रीमान मोहनराज जोशी भारतमा मजदुरी गर्दै आएका छन । श्रीमती बिरामी भएपछि उताको रोजगार समेत छाडेर स्वदेश आएका छन । भारतमा मजदुरी गरेर घर परिवार चलाउँदै आएकी जोशी श्रीमतीको उपचारका लागि घर आएपनि दैनिक खर्च चलाउन समेत धौउधौउ भएको छ ।
जोशी परिवारले चुनावमा बेला दिनदिनै घरमा पुग्ने दल, तिनका नेता कार्यकर्ताहरु अहिले संकटमा पर्दा मुख समेत नदेखाउने गरेको दुखेसो पोखेका छन । बिरामी विष्नाका श्रीमान मोहनराज जोशीले जिवनसंगिनी बिरामी भएपछि स्थानीय सरकारदेखि कहिकतैबाट सहयोग नपाएपछि मिडियाको शरणदेखि बजारमा रकम संकलन गर्दै हिडेको बताए । ‘चुनावका बेला निःशुल्क उपचार गरिदिन्छौँ भन्दै पटक पटक घरको दैलो चहार्ने नेताहरु अहिले चुनवा जितेपछि आफुहरुको समस्यामा चासो मात्रै होईन सुन्न पनि चाहेका छैनन, यस्ता नेता, जनप्रतिनिधी भए हामी जस्ता गरिबले बिरामी भए मर्नुको विकल्प छैन ।’ वडा,पालिकामा धाउँदा समेत आफुहरुको समस्याप्रति जनप्रतिनिधीले वास्ता नै नराखेको दुखेसो पोेखेका छन । पढाई छाडेर छोरी दिक्षिता जोशी पनि आमाको जिवन रक्षाका लागि पैशा माग्दै हिडेकी छिन । उनले स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा सहयोगका लागि अपिल गरेकी छिन । पीडित परिवारले बिरामी विष्ना जोशीको नविल बैंकमा रहेको खाना नम्बर १९९१००१७५०१०७१मा सक्दो उपचार खर्च सहयोगका लागि अपिल गरेका छन ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.