बिकुल खबर

बेलौरीमा पाचौं कंचनपुर सम्मेलन सम्पन्न : जिल्लाको दिगो विपद ब्यवस्थापनका लागि साझा प्रतिवद्धता

oppo_2

बेलौरि ०५ मंसिर। कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकामा ५औँ कञ्चनपुर सम्मेलन भएको छ । बेलौरी नगरपालिकाको आयोजनामा सुरक्षित र दीगो विकासका लागि उत्थानशिल पालिका मञ्च सहितका जिल्लाका पालिका एव गैर सरकारी संघ संस्थाहरुको सहकार्यमा शुक्रबार जिल्ला सम्मेलन भएको हो ।कार्यक्रमको सभापति बेलौरी नगरपालिकाका नगरप्रमुख पोतीलाल चौधरी, प्रमुख अतिथि सुदुर पश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट, विशिष्ट अतिथिमा जिल्ला जिल्ला समन्वय समितिका प्रमुख दुर्गा दत्त बोहरा, गृह मन्त्रालय विपद् व्यवस्थापन महाशाखाका सह सचिव गोविन्द प्रसाद रिजाल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख इन्जिनियर दिनेश भट्ट लगायत कंचनपुर जिल्लाका स्थानिय तहका जनप्रतिनिधि लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य बेलौरी नगरपालिकाका नगर उप प्रमुख जोगराम चौधरीले राख्नुभएको थियो।सम्मेलन यसअघि भीमदत्त, दोस्रो पुनर्वास, तेस्रो दोधाराचाँदनी, चौथो लालझाडी गाँउपालिका भएको थियो।यस पटक जिल्लाको दक्षिणी क्षेत्र बेलौरीमा सम्मेलन गर्न सफल भएको बेलौरी नगरका मेयर पोतिलाल चौधरीले बताउनुभयो।मेयर चौधरीले जिल्लाका सबै पालिका, विपद् व्यवस्थापनका क्षेत्रमा कार्यरत सरकारी एव गैर सरकारी संघ संस्थाहरुको उपस्थितिमा सम्मेलन गरिएको बताउनुभयो।यस अघिका चारै सम्मेलनबाट अबलम्बन गरिएका विषयदेखि भावि दिनमा थप जिल्लालाई विपद् मुक्त गराउने विषयमा स्थानीयदेखि विज्ञ सहित सरोकारवालाहरुविच छलफल भएको समेत बताउनुभयो।नगरपालिकाले कार्यक्रम पुर्व नै विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको र भावी दिनमा पनि गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभयो।कार्यक्रममा सरोकारवालाहरुले जिल्लाको दीगो विकासका लागि विपद् व्यवस्थापन गर्नुपर्ने त्यसका लागि पुर्व सुचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोडदिएका छन।कार्यक्रम बारे प्रकास पार्दै एनएनएसडब्लूएका कार्यकारी निर्देशक अशोक कुमार जैरुले स्थानीय सरकारसंग सहकार्य, समन्वय गरेर विपद् व्यवस्थापनदेखि विपद्बाट मानवियदेखि भौतिक धनजन सरक्षण गर्न सफल भएको बताउनुभयो। विपद् व्यवस्थापनका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने बताउनुभयो।बेलौरी नगरपालिका विपद् व्यवस्थापन फोकल पर्सन अशोक पाण्डेयले जिल्लाका ९ वटै पालिकाले विपद् व्यवस्थापन नीति, नियम, यसका चुनौती, समाधानका लागि एकसाथ सहकार्य प्रभावकारी कामकाजमा जोडदिएका छन। कञ्चनपुरका स्थानीय सरकारले विपद् व्यवस्थापन, पुर्व तयारीका लागि गरेका कार्यक्रम प्रभावकारी बनाउन थप पहल प्रयास आवश्यक रहेको औल्याउँदै बेलौरीले सो कार्यमा निरन्तर खटिएको बताउनुभयो ।

आगामी ६ औँ जिल्ला सम्मेलनको आयोजकत्व घोषणा गर्दै बेदकोट नगरका मेयर भोजराज बोहराले सामुहिक प्रयासबाट विपद् जोखिम न्यूनिकरणदेखिका मानविय, भौतिक धनजन सरक्षण गर्न सकिने बताउनुभयो। जल तथा मौषम विज्ञान विभाग अत्तरियका प्रमुख सञ्जय शाहले पुर्व सुचना प्रणाली प्रभावकारी बनाउनका लागि कार्यालयले थप प्रयास अघि बढाएको बताउनुभयो। महाकाली नदीको उद्गम स्थल लिम्पियाधुरादेखि थप नदीहरुमा विपद् पुर्व तयारी सुचना प्रणाली जडान गर्दै विपद् बाट थप क्षति न्यूनिकरण गर्न टेवा पुग्ने बताउनुभयो।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले विपद् व्यवस्थापनमा जिल्लाका पालिका सरकार सक्षम भएकाले सकृय हुनुपर्नेमा जोडदिएका छन । प्रजिअ ढकालले विपद् न्यूनिकरण गर्दै जिल्लामा विकास निर्माणदेखिका कार्यक्रम प्रभावकारी बनाउनुपर्नेमा जोडदिए । जिल्ला समन्वय समिति कञ्चनपुरका अध्यक्ष दुर्गादत्त बोहराले विपद् आउनुपुर्व नै सुचना प्रणाली प्रभावकारी बनाएर जिल्लामा विकास निर्माण सुरक्षा आवश्यक रहेको बताए । जिसस प्रमुख बोहराले विपद् आएपपि राहत उद्दारका कार्यक्रम संचालन गर्नु अघि नै पुर्व सुचना प्रणालीलाई प्रभावकारी बनाएर सुरक्षाका कार्यक्रममा जोडदिएका छन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य दिवान सिंह बिष्टले विपद् व्यवस्थापनलाई विकाससँगै अघि बढ्ने अनिवार्य नीति बनाउनुपर्ने बताउँदै विपद् कुनै एक क्षेत्रको समस्या होइन सम्पूर्ण समुदायको सामूहिक चुनौती रहेको बताउनुभयो।स्थानीय तहदेखि प्रदेश सरकारसम्म सबै संयन्त्र सक्रिय भएर अघि बढे मात्रै दीगो विपद् व्यवस्थापन सम्भव हुने समेत बताउनुभयो।

गृहमन्त्रालयका उपसचिव रविन्द्र आचार्यले पुर्व सुचना प्रणालीलाई समुदाय स्तरसम्मै प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। समुदायमै पुर्व सुचना प्रणाली अभ्यासमै आउँदा सम्भावित जोखिम न्यूनिकरण हुने बताउनुभयो। कार्यक्रमको सहजीकरण बेलौरी नगरपालिकाका सब इन्जिनियर हृदयराज बजगाईंले गर्नुभएको थियो।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.